लुम्बिनी । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब राहत दिने भएका छन् । जाजरकोट, रुकुम पश्चिमलगायत भुकम्पबाट पढी प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन ।

 

बुधबार बसेको सचिवस्तरीय निर्णयअनुसार एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँदेखि दशौँ तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलब र सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय भएको हो ।

 

सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

 

सहयोग रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय