प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको राहत उद्धारका लागि १ लाख ५० हजार रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

 

बुधबार बसेको कार्यपालिका बैठकले शुक्रबार राति जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट पीडितहरुको उद्धार,राहत र पुर्नस्थापनाको लागि १ लाख ५० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

 

उक्त राहत रकम आवश्यक प्रकृया पुर्याएर राहत रकम भुकम्प पीडितलाई उपलब्ध गराइने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

 

गत बैठकले गरेका निर्णयको कार्यान्वयनका पक्षमा समिक्षा गरिएको थियो । निर्णय भएका कतिपय कार्यमा ढिलाइ भएकोले बिलम्ब नगरी कार्य थाल्न गाउँपालिका अध्यक्ष एमसीले वडा अध्यक्षलाई आग्रह गर्नुभएको थियो ।

 

संघ र प्रदेशबाट हस्तान्तरण योजना तथा कार्यक्रमलाई उपभोक्ता समितीबाट गर्नुपर्ने भए उपभोक्ता समिती गठन गर्ने र छिटो काम थाल्नुपर्ने टेन्डरबाट काम गर्ने भए आवश्यक प्रक्रिया पुर्याएर कार्य प्रारम्भ गर्न समेत शाखा प्रमुख र वडा अध्यक्षलाई आग्रह गर्नुभयो ।

बैठकमा गौमुखी र झिमरुक गाउँपालिकाका जनतालाई पायक पर्ने स्थान मच्छिमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि माग गर्ने, विपद उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्ने त्यसको लागी सामग्री खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय