काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीको घेरा तोडेर अघि बढेका आन्दोलनकारीहरूले आगो लगाइएको बताइएको छ ।
स्थित नियन्त्रणमा लिने पर्यास भैरहेको छ । घरमा लगाइएको आगो प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
सोमबारदेखि जेनजी पुस्ताले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा परि २० जनाको ज्यान गएको छ । सयौं युवाहरू घाइते भएका छन् ।
आज बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । कतिपय सडक खण्डमा रुखका हाँगा, बाँस तेर्स्याएर यातायात अवरुद्ध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय