प्युठान । सरुमारानी गाउँपालिकाकाे दोस्रो गाउँसभाकाे १४ओै अधिवेशन गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माकाे अध्यक्षतामा बहुउद्देश्यीय सभाहल बड्डाडामा सम्पन्न भएको छ ।

 

अधिबेशनलेन कार्तिक १७ गते राती ११:४७ बजे जाजरकोटकाे रामीडाडा केन्द्र विन्दु रही गएको ६.४ म्याग्नेच्युडकाे विनाशकारी भुकम्पका कारण ज्यान गुमाएकाहरू प्रती हार्दिक श्रद्धाञ्जली, परिवार जन प्रती गहिरो समवेदना व्यक्त र घाईतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना पारित गरेको छ ।

 

साथै उक्त भुकम्प प्रभावित क्षेत्रमा खाेज,उद्वार,राहत,उपचार , पुनःस्थापन र पुन:निर्माणकाे लागि गाँउपालिकाका अध्यक्ष उपाध्यक्षले तीन दिन, वडाअध्यक्ष र कार्यपालिका सदस्यले दुई दिन र सदस्यहरूले एक दिन बराबरकाे रकम सहयोग गर्ने र गाउँपालिकाकाे तर्फबाट २ लाख रुपियाँ विपद व्यवस्थापन काेषबाट सहयाेग उपलब्ध गराउने निर्णय भएको प्रवक्ता चिन्त साेमै मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय