काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्नुभएको छ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै राजा चार्ल्सले नेपालमा शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिको निकै दुखदायी भएको भन्दै यो बिपत्तिको बेला आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको सन्देश मार्फत बताउनुभएको हो ।
अहिले यस् दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै उहाँले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ।
नेपालमा बिपत्तिको कारण भएको कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।