प्युठान । प्युठानको मच्छी ठुलाबेसी सडक खण्डको लामासेरामा फोर्स गाडी दुर्घटना भएको छ । मंगलबार बिहान गौमुखी गाउँपालिका -७, नारिकोटबाट यात्रु लिएर बाग्दुलाको लागि छुटेकोको लु १ ज ४८३३ नम्बरको फोर्स गाडी झिमरुक गाउँपालिका-३, लामासेरा स्थित क्रसर उद्योग नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय मच्छिका इन्चार्ज प्रहरी सहायक निरीक्षक निर्दोष जिसीले जानकारी दिनुभयो । इन्चार्ज जिसीका अनुसार दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय सीता रोका, ५० वर्षीय गिता गिरी, ३३ वर्षीय लक्ष्मी बिक, २८ वर्षीय रबि सुनार,१० वर्षीय रबिन रोका र ५ वर्षीय सप्रराइज केसी रहेका छन् । उहाँका अनुसार घाइतेको उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको उहाँको भनाइ छ ।

गाडिमा बच्चा सहित १४ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार एक्कासि ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर गाडी पल्टिएको हो ।

गौमुखी गाउँपालिका- ७ नारिकोट बस्ने २५ वर्षीय चालक रिखिराम केसी प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना बारे थप अनुसन्धान थालिएको छ । थप विवरण आउन बाकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय