काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा यस वर्षको ‘फोनिज अवार्ड २०८३’ प्रदान गरेको छ ।

फोनिज संघीय समितिको बैठकद्वारा गठित ‘सम्मान तथा पुरस्कार छनौट सिफारिस समिति’ को सिफारिसका आधारमा अवार्ड प्रदान गरेको हो । यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान’ अग्रज पत्रकारहरू डण्ड गुरुङ र बिमला तुम्खेवालाई प्रदान गरिएको छ ।

त्यसैगरी, मातृभाषा पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएबापत ‘फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान’ लहना-नेपाल भाषा साप्ताहिकलाई प्रदान गरिएको छ ।

यस वर्षको ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’ भने पत्रकारहरू तिर्थमान बल, सरिता श्रेष्ठ र अविनाश चौधरीलाई प्रदान गरिएको हो ।

“मातृभाषा पत्रकारिता: भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो भविष्य” भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ को विशेष अवसरमा सम्मान तथा पुरस्कारहरू वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय