प्यूठान । गौमुखी गाउँपालिका- ५ खुङले खुङको धुरीमा गुफा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि होलि पुर्णिमाको अवसरमा एक दिने महोत्सव कार्यक्रमको आयोजना गरेको छ ।

प्राकृतिक तथा प्रयटकिय दृष्टिकोणले सम्भावना भएको ठाउँ भएकोले टोप्रे गुफाको बारेमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनुभयो ।

साहसिक दौड तथा टोप्रे गुफा महोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य थापाले पर्यटन बिकासले ग्रामीण भेगमा बसोबास गर्ने समुदायलाई प्रत्येक्ष फाइदा हुने भन्दै यसको आवस्यक प्रबर्द्धन र बिकासलाई सबैले साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । जिल्लाको बिकासमा सबै एक भएर लाग्न पर्ने आवस्यकता रहेको भन्दै बिकासमा राजनीति गर्न आवस्यक नरहेको बताउनुभयो ।

सो अवसरमा उहाँले भालुबाङ- प्युठान, बाग्दुला – ठुलाबेसी भिमगिठे सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल भैरहेको समेत बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका समन्वय प्रमुख धरम बहादुर जिसी, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, माण्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारी र बडीगाड गाउँपालिका बाग्लुङका उपाध्यक्ष भिमसेन वनले शुभकामना मन्त्ब्य राख्नु भएको थियो ।

खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा २९ मिनेटमा रुपाचौर देखि गुफाको धुरीमा पुग्न सफल रजवाराका इन्द्र पुनमगर प्रथम, खुङका सन्तोष मल्ल दोस्रो, खुङका कृष्ण आचार्य तेस्रो हुनुभएको छ । त्यसैगरी महिला तर्फ ३१ मिनेटमा दौड पुरा गर्दै रजवाराका अञ्जली मल्ल प्रथम, खुङका सृजना मल्ल दोस्रो र चमेली बिष्ट तेस्रो हुनुभयो । प्रथम, द्वितीय, तृतीयलाई क्रमश: दस हजार, सात हजार , तिनहजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

वडा कार्यालयबाट बाजागाजा, र्याली सहित रुपाचौरमा औपचारिक कार्यक्रम गरिएको थियो । पर्यटन प्रबर्द्धन समितिका सह-संयोजक पुस्पा मल्लले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तब्य राख्नु भएको थियो । संचालन वडा सचिव बिनोद कार्कीले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय