प्यूठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैतिहारको अवसरमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

खुल्ला पुरुष भलिबल तर्फ प्रथम स्थान एकीकृत बिकास संघ, द्वितीय स्थान हरिगाउँ क्लब रोल्पा, तृतीय स्थान बाडिगाड क्लब बाग्लुङले हात पारेका हुन । त्यस्तै शान्त्वना रोयल खुङ्ग प्यूठान भएको छ ।

प्रथम, द्वितीय, तृतीय र शान्त्वनालाई क्रमश: ६१ हजार एक सय एघार, ४१ हजार एक सय एघार, २१ हजार एक सय एघार, ११ हजार एक सय एघार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खुल्ला महिला भलिबल तर्फ प्रथम बेसिवन अर्खा, द्वितीय ब्रेभ युथ रजवारा, तृतीय देउराली अर्खा र शान्त्वना ठुलावेसी भएका छन । बिजेता समुहलाई क्रमश: २२ हजार , १५ हजार, २१ हजार एक सय एघार, १० हजार, ५ हजार ५ सय नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरि खुल्ला गौमुखी प्रथम आइडल डान्समा झिमरुक गाउँपालिकाको प्रतिमा पुनको टिम प्रथम, गौमुखी गाउँपालिका ठुलाबेसीका उषा न्यौपानेको टिम द्वितीय, गौमुखी नारिकोटका बिमला घर्ती तृतीय र शान्त्वनामा सबिना जिसी बिजय भएका हुन ।

बिजेतालाई क्रमश: ११ हजार , ७ हजार ७ सय, ४ हजार ४ सय, २ हजार २ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

ठुलाबेसी सामुदायिक बिकास मञ्चको आयोजनामा भएको समापन कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानामगर, प्यूठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बिजेता टिम र सहयोग दाताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा मुख्य प्रायोजकको रुपमा रहेको गौमुखी गाउँपालिकालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष केशव बहादुर केसीले सहयोग पुर्याउने सबैलाई धन्यवाद प्रकट गर्दै आगामी वर्षमा पनि कार्यक्रम संचालन गर्ने जानकारी सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय