काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना परेको छ। बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्दाजी ४० वर्षीया मनिषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको एसपी मिश्रले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय