प्युठान । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर होटल ब्यवसायि संघ प्युठानले दरखाने तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमले नेपाली सांस्कृतिक परम्पराको संरक्षण, महिला एकताको सुदृढीकरण र सामुदायिक आपसी सद्भावलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेर यो कार्यक्रमको आयोजना गरिएको हो ।
होटल ब्यवसायि संघ प्युठान र पर्यटन सुचना केन्द्रको संयुक्त आयोजनामा हरितालिका तीजको अवसर पारेर दरखाने एवं तिजमिलन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
होटल ब्यवसायि महासंघ नेपालका सचिब धनेश्वर भण्डारीले दरखाने तथा तिजमिलन कार्यक्रममा बोल्दै नेपालका हरेक पर्वलाई विकास र सचेतनासंग जोडेर मनाउनुपर्ने बताउनुभयो । पर्वहरुको आ(आफ्नै महत्त्व र परम्परा रहेको छ। उहाँले भन्नुभयो,ुपरम्पराको जगेर्नामा जोड दिनुपर्ने आवश्यकता खड्किएको छ।ु पुरानो कला संकृतीलाई नयाँ परम्परा र संकृतिले आकार लिदै जादा समस्यामा परेको प्रती चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका भण्डारीले तिजको नाममा विकृति बढ्न सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय हराउदै गएको पुरानो कला संकृतिलाई जगेर्ना गर्ने उदेश्यले दरखाने तथा तिजमिलन कार्यक्रम आयोजना गरिएको होटल ब्यवसायि संघ प्युठानका अध्यक्ष लिलाधर न्यौपानेले जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले पर्वहरुको महत्त्व बढ्ने र हराउदै गएको परम्परा र संकृतिलाई जगेर्नामा सहयोग पुग्ने बताउनुभयो ।
महिलाहरूले तीजमा गीतसंगीत, नृत्य र मिठोमिठो परिकारको साथसाथै एकआपसमा भेटघाट गर्ने, दुख सुख साटासाट गर्ने परम्पराको रुपमा लिदै आएको छ। विशेष गरी पर्वको दिनलाई महिला दिदीबहिनीबीचको आत्मीयता र सहयोगको भावनालाई मजबुत पार्ने अवसरका रूपमा लिइदै आएको उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचर्यले बताउनुभयो ।
उहाँले तीजको अवसरमा दरखाने तथा तिजगित कार्यक्रमले केवल सांस्कृतिक र धार्मिक परम्परालाई जागरण गर्ने मात्र नभई सामाजिक एकता, महिला सशक्तिकरण र सामुदायिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको देखिएको छ ।
होटल ब्यवसायि तथा पर्यटन सुचना केन्द्र प्युठानका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा होटल ब्यवसायि महासंघ नेपालका सचिब धनेश्वर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
तिज गित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष श्रीराम भण्डारी,होटल ब्यवसायि लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष दधिराम सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साथै कार्यक्रमको संचालन संघका महासचिव खेमराज बस्नेत गर्नुभएको थियो भने स्वागत संघका बरिष्ट उपाध्यक्ष झक बहादुर पुनले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा सहभागीहरूको उत्साहपूर्ण उपस्थिति रएको थियो ।







S.K. Creative Media Group