प्यूठान । आगामी प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमाले प्यूठानले सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटी बैठकले नेता थापाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता थापा यसअघि ०७९ को निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।
संघीय सांसद्का लागि प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले बाहेक सवै दल तालमेल गरेका थिए । पाँच दलीय गठवन्धन हुँदा पनि ५ हजार ३ सय ४ बढी मत लिएर थापा विजयी हुनुभएको थियो ।
कुल ४१ हजार १ सय १८ मत लिएर चुनावमा विजयी थापाले देशभर ४० हजार बढी मत लिएर चुनाव जित्ने दश सांसद् भित्र पर्न समेत सफल हुनुभएको थियो ।
थापा भर्खरै सकिएको एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी हुहुभयो। उहाँ यसअघि पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । थापा प्यूठान र गुल्मी जिल्ला इन्चार्ज समेत हुनुभयो ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको सभापति भएर उहाँले कुशलता पुर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
नेकपा एमालेले ११ औँ महाधिवेशनपछि विजयी पदाधिकारी र केन्द्रीय कमिटीको जिम्मेवारी बाडफाँड गरेको छैन् ।



S.K. Creative Media Group