प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले महोत्सव नलगाउने भएको छ । आज बसेको कार्यसमितिको बैठकले महोत्सव नलगाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष पशुपति नारायण नकर्मीकाे अध्यक्षतामा सप्पन्न बैठकले विद्यार्थीकाे बार्षिक परीक्षा नजिकै आई सकेकाेले विद्यार्थीकाे पढाईलाई ख्याल गरि याे वर्ष कुनै प्रकारकाे मेला महाेत्सव नगर्ने सर्वसहमतिले निर्णय गरेकाे छ ।

विद्यार्थीकाे पढाईलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भएकाेले महाेत्सव नगर्ने र अरू निकायहरूले पनि विद्यार्थी भविष्यलाई मध्ये नजर गरि मेला महाेत्सव नगर्न सुझाब दिने निर्णय भएकाे संघका अध्यक्ष नकर्मीले बताउनुभयो । यसअघि संघले माघमा महोत्सव गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर