प्यूठान । घर बनाउदा लागेको ऋण तिर्न रोजगारीको लागि भारतको दिल्ली गएका एक ब्यक्ति सम्पर्क बिहिन भएका छन् । रोजगारीको लागि डेढ वर्ष पहिले भारतको दिल्ली पुग्नुभएका झिमरुक गाउँपालिका-६ तोरवाङ निवासी राम बहादुर कवर परिवारबाट सम्पर्क बिहिन हुनुभएको हो ।

घरबाट परिवारको सल्लाह अनुसार रामबहादुर आफ्नो दाजु मीन बहादुर कवरसँग २०७९ साउनमा भारतमा होलम्विकला मेट्रो बिहार दिल्लीमा फलाम कम्पनीमा काम गर्दै आउनुभएको रामबहादुर कोठामा फर्किएर नआएको उहाँलको परिवारले जानकारी दिएका छन् । रामबहादुर कोठामा अबेरसम्म नफर्केपछी दाजु मीन बहादुर कवरले प्रहरीमा जानकारी गराएपछि अहिलेसम्म फेला नपरेको आमा प्रेमी कवरले बताउनुभयो ।

सुस्त मनस्थितिका रामबहादुर अहिले कहाँ छन् के गर्दै छन् परिवारको सम्पर्कमा नभएपछि परिवार चिन्तित बनेका छन् ।घरायसी आर्थिक अवस्था समेत निकै कमजोर भएका रामबहादुरको एक श्रीमती र एक छोरा छन् । श्रीमती लक्ष्मी समेत सुस्त मनस्थितिको हुनुहुन्छ ।
“ओत लाग्ने बास बनाउदा लागेको ऋण तिर्न भनेर भारत पस्नु भयो,” श्रीमती लक्ष्मीले भन्नुभयो, “मान्छेनै सम्पर्क बिहिन हुनुभयो”यस्तो हुन्छ भन्ने थाहा पाएको भए यहीँ निमेक गरेर भएपनि ज्यान त पालिन्थ्यो ।”

उहाँले श्रीमानको खोजी गरिदिन समेत अपिल गर्नुभएको छ । भारतमा कसैले भेटाउनु हुने नेपाली दाजुभाइले सम्पर्क गरिदिनु हुन अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय