प्यूठान । झिमरुक गाउँपालिकाका दुई वटा प्राथमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोसाक बितरण गरिएको छ । जापानी प्रोजेक्ट रुरल काइन्ड्स हेल्थ टोकियो मेडिकल एण्ड डेन्टल युनिभर्सिटीले नि:शुल्क पोशाक, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको हो ।

झिमरुक गाउँपालिका-४, बाङ्गे स्थित दिपेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत ९१ जना र वडा नम्बर ६, चिचिण्डे स्थित बालज्योती प्राथमिक विद्यालयका ४३ जना विद्यार्थीलाई निःशुल्क ट्याक्सुट, जुत्ता, स्टेसनरी र खेलकुद सामाग्री वितरण गरिएको हो ।

युनिभर्सिटी का प्रोफेसर डा. मोटीजी सावाबे सहितको टिमको सहयोगमा १ सय ३४ जना बिद्यार्थी लाई सामाग्री वितरण गरिएको रुरल काइन्ड्स हेल्थ प्रोजेक्ट नेपालका सदस्य याम रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार झिमरुक-४, मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय चौकेका ४७ विद्यार्थी र शिद्देश्वरी प्राथमिक बिद्यालय चुधारामा रहेका ८० विद्यार्थीलाई सामग्री हस्ताक्षर गरिने छ ।

पठन सीप र संस्कृतिको बिकास गर्दै शिक्षामा आकर्षण बढाउदै भर्ना दरमा वृद्धि ल्याउने उदेश्यले ग्रामीण बिद्यालयमा आएको प्रोफेसर डा. मोटीजी सावाबे बताउनुभयो । डा. बेगम रोकाले तयार गरेको प्रोजेक्ट अनुसार सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

समुदायका विद्यार्थीहरुले निशुल्क पोशाक पाएपछि विद्यार्थी र स्थानीय अभिभावक खुसी भएका छन् । त्यसबाट विद्यालयको पठनपाठन र नतिजामा समेत सुधार हुने अपेक्षा गरिएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमले बिद्यालयमा अध्यायनरत विद्यार्थीलाई केही सहयोग पुगेकोले कार्यक्रम ल्याउने जापानी टिमलाई धन्यवाद दिनुभएको छ ।

झिमरुक-६, चिचिण्डेमा भएको कार्यक्रममा बालज्योती प्राथमिक प्राथमिक विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष झक बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, वडा अध्यक्ष लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर