प्यूठान। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने बताउनुभएको छ । प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री राणाले उक्त कुरा बताउनुभएको हो । “मैले फाइल अगाडी बढाएको छु,” उहाँले भन्नुभयो, “मेरो कार्यकालमा यातायात कार्यालय स्थापना हुन्छ ।”

आफ्नो मन्त्रालय विकाससँग प्रत्यक्ष जोडिएको नभएपनि आफूले जिल्लाको विकासका लागि पहल गर्ने उहाँले बताउनुभयो । “मैले सक्ने काम, कानुनले मिल्ने काम गर्न म सधैभरि प्रतिवद्ध छु,”, मन्त्री राणाले भन्नुभयो,“प्यूठानको विकासका लागि म सधैभरी तयार छु, ।”

कार्यक्रममा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले यसअघि हप्तामा दुई दिन दिल्लीका लागि बस सञ्चालन गरिएकोमा अहिले दैनिक रुपमा नेपाल भारमैत्री बस सेवा शुरु गरिएको बताउनुभयो । उहाँले प्युठानका यात्रुलाई सहज र सरल रुपमा सेवा दिन प्रा.लि.ले थप सेवा समेत उपलब्ध गराउने बताउनुभयो ।

अहिले प्यूठानदेखी दिल्ली चल्ने छ वटा बस सञ्चालनमा रहेका छन् । प्युठान, रोल्पा, दाङ, अर्घाखाँची र गुल्मीका यात्रुलाई यस रुटबाट सहज सेवा उपलब्ध हुने यातायात व्यवसायी धिरज पण्डितले बताउनुभयो । जिल्लाबाट सिधा दिल्लीको लागि बस चल्न थालेपछि स्थानीय समेत खुशी भएका छन् ।

https://www.youtube.com/watch?v=LtGn5k87GZQ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय