वीरेन्द्र गिरी

रोल्पा । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र रोल्पा नगरपालिकाको समन्वयमा द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा रोल्पा नगरपालिकाअन्तर्गतका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाका लागि एक दिने आधारभूत आँखा उपचार तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

पुस ३ गते उद्योग वाणिज्य संघको हल, लिबाङ रोल्पामा सम्पन्न तालिममा रोल्पा नगरपालिकाअन्तर्गतका ३० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिममा सहभागी स्वयंसेविकाहरूले आफ्नो गाउँघर, समुदाय तथा विद्यालयमा आँखाको समस्या भएका व्यक्तिहरूको दृष्टि परीक्षण गरी आँखाको अवस्था सामान्य वा असामान्य भएको पहिचान गर्ने तथा दृष्टि कमजोर भएका र आँखासम्बन्धी समस्या देखिएका बिरामीलाई तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पामा प्रेषण गर्ने कार्य गर्ने बताइएको छ।

कार्यक्रमको उद्घाटन सत्र रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा अतिथिका रूपमा रोल्पा नगरपालिका वडा नं. २ का अध्यक्ष प्रकाश डाँगी, स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन निरीक्षक जीत बहादुर डाँगी, रोल्पा नगरपालिका स्वास्थ्य शाखा प्रमुख टंक गिरी तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको समन्वय समिति सदस्य सुभद्रा आचार्य रेग्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य रोल्पा नगरपालिका स्वास्थ्य शाखा प्रमुख टंक गिरीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पाका प्रमुख खडक भाटले गर्नुभएको थियो।

कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग तथा समन्वय गर्ने रोल्पा नगरपालिका, स्वास्थ्य शाखा, वडा कार्यालय, स्वास्थ्य कार्यालय रोल्पा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पालगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय