प्यूठान । मुक्ति माध्यमिक विद्यालय रातामाटामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि सिनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ ।
सि.सं. २९ सिनियर डिभिजन अन्तर्गत सञ्चालन हुने तालिममा १५ छात्र र १५ छात्रा गरी ३० विद्यार्थी सहभागी छन् । आइतबारदेखि सुरु भएको तालिम पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमको शुभारम्भका अवसरमा बर्दबहादुर प्यूठानका गणपति प्रमुख सेनानी राजीव बस्नेतले विद्यालय परिसरमा प्रथम प्रवचन गर्नुभएको छ । उहाँले विद्यार्थी जीवनमा अनुशासन, नेतृत्व क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास तथा राष्ट्रप्रतिको कर्तव्यबोध विकास गर्न एनसीसी तालिमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
तालिम शुभारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक, प्यूठान जिल्लाको एनसीसी एलुम्नाई एसोसिएसन नेपालका पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


S.K. Creative Media Group