रोल्पा रोल्पाको सुनछहरी गाउँपालिका-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ । बिहीबार राति ९:३० बजेतिर जिप सडकबाट ५० मिटर तल खस्दा चालकसहित ४ जना घाइते भएका छन ।

प्रहरीका अनुसार लु १ ज ४८८९ नम्बरको जिप सुलिचौर स्थित रुइनीबाङ देखि फगाम जाने भित्री कच्ची सडक खण्डको धुम्सीनजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सुनछहरी गाउँपालिका-६ फगामकी ५७ वर्षीया गौरा रोका मगरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक धुम्सीकै ३५ वर्षीय तिलबहादुर घर्तीलाई थप उपचारका लागि लुम्बिनी सीटी अस्पताल बुटवलमा पठाइएको छ ।

जिपमा सवार सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगर, सुनछहरी-६ का २५ वर्षीय प्रेम रोका मगरको उपचार सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहितकुमार शाहीले बताउनुभयो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय