प्यूठान । एमाले प्रति युवाहरुको आकर्षक दिनप्रतिदिन बढ्दै गएको छ । प्रतिनिधि सभा निर्वाचन लक्षित उम्मेदवार सहितको जनभेटघाटका लागि बस्तिस्तरमा भैरहेका कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता देखिने गरेको छ ।
स्वर्गद्वारी नगरपालिका-५ सारिमा भएको कार्यक्रम दुई युवा पार्टी प्रबेश गरेको एमालेले जनाएको छ । नेपाली कांग्रेसका युवा नेताहरु प्रदिप बुढाथोकी र नुमलाल पुनमगर कांग्रेस परित्याग गरि एमाले प्रबेश गरेका छन ।
नवप्रबेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य थापाले प्रबेश पत्र, टीका र मालाले स्वागत गर्नुभयो ।



S.K. Creative Media Group