प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा बालविवाह किशोरावस्थाको गर्भधारण र बिद्यालय छाड्ने अवस्था सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ। सोमबार पालिकाको आयोजनामा आईपास नेपालको समन्वयनामा र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोगमा पालिकाको सभाहमा गोष्टि सुरु भएको हो । दुई दिनसम्म चल्ने गोष्ठीको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले व्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
गोष्ठीमा बालविवाह, किशोरावस्थामा गर्भावस्था र विद्यालय छोड्ने अवस्था सम्बन्धी तथ्यांकको बारेमा छलफल गरिएको थियो ।आठवटा विभिन्न पत्र तथा घटकहरुमा छलफल तथा वस्तुगत विश्लेषण, बालविवाह, किशोरावस्थामा गर्भावस्था र विद्यालय छोड्ने अवस्था सम्बन्धी प्रतिकार्य योजनामा छलफल र प्राथमिकीकरण लगायतका विषयमा समुहगत छलफल गरि प्रतिकार्य योजना निर्माण गरिने जनाइएको छ ।
बालविवाह किशोरावस्थाको गर्भधारण, सुरक्षित गर्भपतन र बिद्यालय छाड्नेको संख्यामा कमि ल्याउन गाउँ गाउँमा जनचेतना आवश्यक रहेको गोष्ठीमा सहभागिले जोड दिनुभएको थियो।
सहभागिहरुले ग्रामीण बस्तीहरुमा अझैइपनी बालविवाह, किशोरावस्थामा गर्भवती हुने र विद्यालय छोड्ने संख्या बढी भएको भन्दै कमि गर्न स्थानीय सरकारले समेत विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।
गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख विकास केसी आइपास नेपालका प्रदेश कोअर्डिनेटर विष्णु देवकोटा, Program Consultant जिवन देवकोटाको विषयबस्तु बारे प्रस्तुति दिनुभएको थियो ।
पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा भएको गोष्ठीमा पालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, स्वास्थ्य शाखा प्रमुख विकास केसी, वडा अध्यक्षहरु, अन्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी, प्रहरी, संघसंस्थाका प्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता रहेको छ ।



S.K. Creative Media Group