प्यूठान । प्यूठानमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग महासंघ नेपाल प्यूठानको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको सहयोगमा दिवस मनाईएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले उपभोक्ता अधिकारको विषयमा गाउँटोलमा समेत जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि जिल्लाका स्थानीय तहले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सवै नागरिक उपभोक्ता भएकाले उपभोक्ताको अधिकार कार्यान्वयनमा सवैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन । उनीहरुले राज्यका निकायहरु, सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी, कृषक र आम उपभोक्ता यस विषयमा सचेत हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ नेपालका लुम्बिनी प्रदेश महासचिव नेगन सिंह कवर, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान सिंह गिरी, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठ र प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले आफ्नो धारणा राख्नुभएको थियो ।

दुई जना उद्यमीलाई सम्मान
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आईतबार उद्यमीलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको सभाहल खलङ्गामा आयोजित कार्यक्रममा प्रगतिशिल ढाका उद्योगका सञ्चालक सिता पुनगमर र न्यौपाने चाउमिन उद्योगका सञ्चालक इश्वरी पौडेललाई सम्मान गरिएको हो ।

उद्यमी छनौट कार्यविधि अनुसार दुई जना उद्यमीलाई छनौट गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नविन प्रकाश श्रेष्ठले बताउनुभयो । उद्यमीलाई नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नविन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त उद्योग अधिकृत लोकराज थापाले दिवसको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र सञ्चालन सचिव बसन्त शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय