प्यूठान । रुस-युक्रेन युद्ध रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा प्यूठानले आज प्रदर्शन गरेको छ । युद्द शुरु भएको २ वर्ष पूरा भएको भन्दै युद्ध रोक्न माग गर्दै सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेको हो ।

बिश्व शान्ती कायम गर, युद्ध पिपासु साम्राज्यवादी लडाई बन्द गर भन्दै राष्ट्रिय जनमोर्चाले खलंगा पार्टी चोकमा कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले साम्राज्यवादी मुलुकहरुले हत्याहिंसा निम्त्याउने कार्यमा अग्रसर रहने गरेको बताउनुभयो ।

उहाँले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढ्दै गइरहेको प्रती लक्षित गर्दै यस प्रकारका अमानवीय कार्य तत्काल रोकि शान्तिपुर्ण वातावरण कायम गर्न भुमिका खेल्न आग्रह गर्नुभयो ।

उक्त युद्धमा नेपाली युवाले समेत ज्यान गुमाएका छन ।कोणसभामाको संचालन राष्ट्रिय जनमोर्चा प्यूठानका सचिव केशवराज आचर्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर