प्यूठान । प्यूठान सदरमुकाम खलंगामा स्थानीयले नेवारी परिकार बनाउने तालिम लिएका छन । ३ दिन सम्म चलेको तालिममा स्थानीयले विभिन्न नेवारी परिकार बनाउन सिकेका छन ।

मल्लरानी गाउँपालिकाको आयोजनामा खाना बनाउने तालिम संचालन गरिएको हो । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले नेवार समुदाय रहेको खलंगामा कतिपय खानेकुरा बन्न छाडेको भन्दै ती परिकारको प्रवर्द्धन गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।” हामीले बिभिन्न पर्वमा समयबजी खाने गर्छौं, उहाँले भन्नुभयो, “तर त्यसमा सबै परिकार पुगेकै हुँदैन, लोप हुँदै गएको छ ।” तालिमले मल्लरानी खाना महोत्सवलाई समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।


तालिममा प्रशिक्षक धन बहादुर महर्जन र प्रेम कृष्ण श्रेष्ठले नेवारी खाना, खाजाका विभिन्न परिकार, नेवारी भोज, समयबजी, मासुका परिकार बनाउन सिकाउनु भएको थियो । तालिममा २३ अना महिला र १ जना पुरुष सहभागी भएको गाउँपालिकाका योजना अनुगमन शाखा प्रमुख बन्दना शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय