
रोल्पा । प्रेस चौतारी नेपाल रोल्पा शाखाको अध्यक्षमा तिलक घर्ती निर्वाचित हुनु भएको छ । आज लिबाङमा भएको छैठौँ अधिवेशनले घर्तीको अध्यक्ष रहेको १३ सदस्यी नयाँ कार्यसमिति चयन गरेको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं रोल्पा इन्चार्ज गणेश आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार उपाध्यक्षमा मनोज पुन मगर ,महिला उपाध्यक्षमा सपना डागी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्ती मगर समावेशी सहसचिवमा दिलबहादुर सार्की र कोषाध्यक्षमा टेकबहादुर घर्ती निर्वाचित हुनुभएको छ ।
सदस्यमा किसन विक, प्रदिप बस्नेत, कुशल पुन, चित्रबहादुर केसी, उमेश घर्ती मगर, मिरा रोका र सृजना घर्ती मगर चयन भएका छन् । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा दाह्रासिंङ डाँगी ,कमला पुन र प्रदेश परिषद् सदस्यमा बिमलराज डाँगी चयन भएका छन् । अधिवेशनको उद्घाटन एमाले पोलिट ब्यूरो सदस्य गोकुल घर्तीले गर्नुभएको थियो ।