
रोल्पा । प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनः तिलक घर्तिमगर चयन हुनु भएको छ । सोमबार सदरमुकाम लिबाङमा सम्पन्न छैठौँ अधिवेशनबाट घर्तिमगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षमा मनोज घर्तिमगर र सपना डाँगी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्तिमगर र दिलबहादुर सार्की, कोषाध्यक्षमा टेकबहादुर घर्ति चयन हुनु भएको छ ।
सदस्यमा किसन विक, कुशल पुन, चित्रबहादुर केसी, उमेश घर्तिमगर, मिना रोका र सृजना घर्तिमगर चयन हुनु भएको छ ।
केन्द्रिय प्रतिनिधि सदस्यमा दाह्रासिङ डाँगी र कमला पुन र प्रदेश परिषद् सदस्यमा बिमलराज डाँगी चयन हुनु भएको हो।