प्यूठान । साहित्य परिषद प्यूठानको अध्यक्षमा विमला खनाल सर्वसम्मत चयन हुनुभएको छ । आज जुम्रीमा सम्पन्न दशौं अधिवेशनले खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष धु्रव गिरी, सचिव राजकुमारी कँवर, सह सचिव सुमन सुवेदी, कोषाध्यक्ष श्याम बहादुर विष्ट चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा रामप्रसाद पोख्रेल, खेमराज पोख्रेल, लक्ष्मी मगर, जायश्वर जैसी, लोकेन्द्र जिसी, भानुभक्त पोख्रेल, सम्झना नेपाली, प्राथना सुनार, कमला पोख्रेल र टिकाराम रिजाल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय