महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप अभियान सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रिशिराम शर्माले अभियानको बारेमा जानकारी गराउनुभएको हो ।

पालिकाभित्र रहेका ३२ वटा खोपकेन्द्रबाट खोप लगाउन थालिएको छ । फागुन १३ गतेदेखी १७ गतेसम्म खोप लगाउने कार्यतालिका रहेको छ । पालिकाभर रहेका ३ हजार ६१४ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लाका स्थानीय तहहरुमध्ये नौबहिनीमा सवैभन्दा बढी ९ महिनादेखी ५ वर्ष मुनिका बालबालिका रहेका छन् ।

अभियानमा ३२ जना खोप कार्यकर्ता खटिनेछन् । भने, ६४ जना स्वयंसेवक खटिने स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले नौबहिनीमा ४ हजार मात्रा खोप पठाएको छ । नौबहिनी गाउँपालिका १ नम्वर वडामा ४१०, २ नम्वर वडामा ४४६, ३ नम्वर वडामा ३४०, ४ नम्वर वडामा ३५५, ५ नम्वर वडामा ५८३, ६ नम्वर वडामा ५७६, ७ नम्वर वडामा ३६४ र ८ नम्वर वडामा ५४२ जना खोप लगाउने उमेरका बालबालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय