प्यूठान । जिल्लामा ३२ दशमलव ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन । स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय प्यूठानका अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ३२ हजार १९ मध्ये ७५ हजार ५८४ जना बिमित रहेका छन ।

१४ हजार ३१९ परिवार स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्यूठानका दर्ता अधिकारी जेद बहादुर घर्तिमगरले बताउनुभयो ।

जिल्लामा २०७४ माघ २८ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको हो । ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, ’क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी र घातक खालको टिबीका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा रहेको कार्यालयले जनाएको छ । जिल्लामा प्युठान अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा बीमा कार्यक्रम लागु भएको छ ।

स्वास्थ्य बीमा गराउन पालिकाको सहयोग
जिल्लाका तीन वटा स्थानीय तहले निःशुल्क स्वास्थ्य बीमा बनाउन बजेट विनियोजन गर्ने गरेका छन । माण्डवी गाउँपालिका, स्वर्गद्घारी नगरपालिका र झिमरुक गाउँपालिकाले आफ्नो पालिकाका नागरिकको स्वास्थ्य बीमा बनाउन कार्यक्रम तथा बजेट बनाएर लागु गरेका छन ।

पालिकाले अघिल्लो आर्थिक वर्षमा ११ लाख ९३ हजार ७५० रुपियाँ बजेट विनियोज गरि अति गरीव, महिला स्वास्थ्य स्वयंसेविका, अपांगता भएका व्यक्ति, दिर्घरोगीको स्वास्थ्य बीमा गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय