नवलपरासी ।
रामग्राम न.पा.–२ सेतो पुल स्थित हुलाकी सडकमा आज दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका रुपन्देही तिलोत्तमा–१३ भलवाडी बस्ने अन्दाजी ४०/५० वर्षका पोषकान्त पोख्रेललाई जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पश्चिमबाट पूर्व जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई बाँया साइडबाट ठक्कर दिएको थियो ।
ट्रक चालक कञ्चनपुर लालझाडी–६ बस्ने अन्दाजी २६ वर्षका बन्धु राना सहित मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।


S.K. Creative Media Group