प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–७ नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बिहिवार बिहान बाल्टिनको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय