प्यूठान । झिमरुक गाउँपालिकामा उन्नत चुलो बजारीकरण परियोजना सुरु हुन लागेको छ । बिहिवार बिकास सरोकार समाज (डेकोस) संस्थाको आयोजनामा झिमरुक गाउँपालिकाको सभा हलमा उन्नत चुलोको बजारीकरण सम्बन्धि अभिमुखिकरण तथा चुलो प्रदर्शनी कार्यक्रम गरेको हो ।

लुम्बिनी प्रदेशमा ५ वर्षसम्म उन्नत चुलो (Tier-3) को बजार प्रबर्द्धन गर्दै ७५ हजार चुलो प्रयोगको लागि सहजीकरण गर्ने उदेश्य परियोजनाले लिएको डेकोसको कलष्टर अफिसर कुम पुनमगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्यूठान, गुल्मी पाल्पा, अर्घाखाँची, रोल्प र पुर्बी रुकुम गरि ३२ पालिकामा यो परियोजना लागू भएको बताउनुभयो ।

कम समय, कम धुवाँ, कम दाउरा प्रयोबाट सजिलै खाना पकाउन सहज हुने संस्थाले जनाएको छ । चुलोमा खाना पकाउन कम दाउरा लाग्ने समय र श्रमको बचत हुने चुलो हलुका भएकोले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने भएकोले सारी सारी खाना पकाउ सकिने परियोजनाले जनाएको छ। त्यस्तै चुलोबाट धुवाँ कम आउने भएकोले बिषालु ग्यास मोनो अक्साइड उत्सर्गनमा कमि ल्याउने र खानामा स्वाद हुने भएकोले चुलो स्वास्थ्यको लागि समेत राम्रो भएको बताउनुभयो ।

उन्नत चुलोको लागि परियोजनाअन्तर्गत ३ हजार ७ सय अनुदान प्रदान गरिने जनाएको छ भने उपभोक्ताले २ हजार ८ सय गरि जम्मा चुलोको अधिकतम मूल्य ६ हजार ५ सय कायम गरिएको छ। उन्नत चुलोको प्रयोगले बाताबरणमा सकारात्मक प्रभाव र संरक्षण, समयको बचत, स्वास्थ्यमा सकारात्मक प्रभाव र  दिगो बजार प्रणालीको बिकास गर्ने परियोजनाले लक्ष लिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले  परियोजना गरिब बिपन्न परिवार लक्ष्यित भएकोले उन्नत चुलोको प्रयोगले स्थानीय जनतालाई फाइदा पुग्ने बताउनुभयो । यो परियोजना जनताको हितमा छ। उहाँले भन्नुभयो, ´न्युनतम लगानीमा प्राप्त गर्न सकिने भएकोले जनताले सजिलै प्रयोग गर्न सक्नेछन् ।`उहाँले परियोजनालाई कुन वडाबाट सुर गर्ने भन्ने कार्यपालिकाको बैठकले निर्णय गर्ने बताउनुभयो । कार्यक्रमलाई बस्ती स्तरसम्म पुर्याउन योजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा चुलोलाई प्रयोग कसरी गर्ने भन्ने बिषयमा जानकारी गराइएको थियो ।

आगामि यो परियोजनालाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय हरि प्रसाद पोख्रेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायत परियोजनाका कर्मचारी, फिल्ड स्टफको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय