प्यूठान । जिल्लामा प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ मा डान्स आइडल प्रतियोगिता हुने भएको छ। भित्रिकोट प्यूठान महोत्सवको अवसर पारेर पुस १ गतेदेखि ४ गतेसम्म अडिसन चरण राखिएको हो। डान्स आइडल प्रतियोगिता बरौला, भिंग्रि, विजुवार तथा ठुलाबेसीमा हुने आयोजकले जनाएको छ ।
अडिसन चरणबाट छनौट भएका उत्कृष्ठ २० जना प्रतिस्पर्धीले मेलामा आफ्नो प्रस्तुति राख्दै जानेछन्।आइडल विजेताले प्रथम पुरस्कार वापत ५० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ, फर्स्ट रनरअपले ३० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र यसरी सेकेण्ड रनरअपले २० हजार रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र पाउने डान्स आइडल व्यवस्थापन समिति संयोजक लोकेन्द्र सुनारले जानकारी दिनुभयो।
आइडल कार्यक्रमले प्यूठानमा लुकेर रहेका नृत्य प्रतिभाको प्रस्फुटन गर्नमा महत्वपूर्ण योगदान पुग्ने मेला मूल आयोजक समारोह समितका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो। मेला यहि पुस ५ देखि १७ गतेसम्म प्रस्तावित प्रदर्शन स्थल प्यूठान नगरपालिका ७ टीकुरी बसपार्क नजिकै झिम्रुक नदी किनारमा लाग्दै छ। मेलाको मुख्य आयोजकमा प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्र रहेको छ।



S.K. Creative Media Group