प्यूठान । दाङको तुलसीपुर–५ (क) लाइन बीपीचोकमा रहेको राधेराधे दिनेश ज्वेलर्सबाट ८ आनाको तिलहरी चोरी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्यूठानको गौमुखी गाउँपालिका–७ का ४५ वर्षीय देवेन्द्र पुरी लाई जिल्ला प्रहरी कार्यालय प्यूठानको टोलीले पक्राउ गरेको हो ।

मंसिर १५ गते प्युठान नगरपालिका–८ बाग्दुला स्थित एक लजमा लुकिरहेको अवस्थामा पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुरीको साथबाट चोरी गरिएको ५४.७५० ग्राम (८ आना) तौलको तिलहरी बरामद गरिएको छ ।

पुरीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन कुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय