प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्बर ६ स्थित पाङकोटका एक ब्यक्तिलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीय मानबहादुर बुढालाई हातहतियार सहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय भिङ्ग्री र प्रहरी चौकी बडडाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुक जस्तै देखिने दुई थान, भरुवा पेस्तोलजस्तै तीन थान, हतियारमा प्रयोग हुने करिब ८० ग्राम बारुदजस्तो पदार्थ, फलामका ३५ छर्रा, र प्लास्टिकका सिसीहरू बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामग्रीसहित बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा प्यूठान जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय