प्युठान । प्यूठान नगरपालिका-९, स्थित मरन्ठाना गुरिगाउँमा रहेको दिर्घायू कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले दिपेन्द्र केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। त्यस्तै उपाध्यक्ष खिम बहादुर केसी, सचिब ढुन्डिराज पोख्रेल र कोषाध्यक्ष गिता केसी निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा गोपाल रावत, तिल बहादुर थापा, विजुला गिरी, लोकेन्द्र जिसी, राजेन्द्र केसी, कविता केएम र लिला जिसी निर्विरोध चयन हुनुभएको छ ।
यस्तै लेखा समितीको संयोजकमा शंकर खड्का, सदस्यमा माया गिरी, र नारायणी केसीलाई चयन गरेको सहकारीले जानकारी दिएको छ। ऋण समितीको संयोजकमा नगेन्द्र आचार्य, सदस्यमा राजेन्द्र जिसी र सिर्जना थापा निर्वाचित भएको संस्थाले जनाएको छ। सल्लाहकार समितीको संयोजकमा विकास केसी, सदस्यमा शिव वहादुर केसी र वुद्वि वहादुर केसीलाई निर्वाचित गरेको छ ।
साधारण सभामा लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले संस्थाको बृहत्तर विकासको लागि संस्थाको बित्तीय सुशासन आवस्यक रहेको बताउनुभएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको लुम्बिनी प्रदेश सांसद श्रेष्ठलेले ग्रामीण वस्तीहरुमा गठित कृषि सहकारीले किसानको आयआर्जन वृद्धिको लागि कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले सहकारी मार्फत सदस्यहरुको आयवृद्धिका कार्यक्रमहरुसँगै नेतृत्व विकासमा समेत ठूलो टेवा पुराएको बताउनुभयो । सहकारी संस्थाले आधुनिक कृषि प्रबिधिको बितरण र प्रयोग गर्दै कृषि उत्पादन वृद्धिमा जोड दिन आग्रह गर्नुभयो । सहकारीलाई पारदर्शी बनाउन र सबैको भुमिका महत्त्वपूर्ण हुने भएकोले जिम्मेवार हुन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई प्यूठानका प्रमुख चुमानसिंङ गिरीले सहकारी मार्फत आयआर्जन वृद्धिको लागि कृषि क्षेत्रमा कृषकहरु उत्साहित भएर लाग्नुपर्ने बताउनुभयो। कृषि क्षेत्रमा लाग्ने किसानका लागि सरकारी गैरसरकारी संस्थाले अनुदानमा बीउ, मल, सिंचाइ कुलो,पोखरी, उपकरण सहयोग गर्दै आएको बताउनुभयो । सहकारीले पनि किसानलाई उत्पादनमा जोडन विभिन्न कृषिको प्याकेजमा जोड दिन आग्रह गर्नुभयो ।
संस्थाका सचिब राजेन्द्र जिसीले प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन ढुण्डिराज पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । दिपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका कार्यालय प्युठानका प्रमुख चुमान सिंह गिरीको विशेष आतिथ्यता रहेको थियो ।




S.K. Creative Media Group