गुल्मी । गुल्मीमा ग्रामीणक्षेत्रमा मोटरसाइकल मर्मत मेकानिकल तालिम दिनु सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मालिका गाउँपालिकाको वडानम्बर–२ दर्लिङमा मा मालिकाका वडानम्बर १,२ र ३ का २५ जना बेरोजगार युवाहरुलाई तालिम दिन थालिएको हो ।

तालिमको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शुभारम्भ गरेका हुन् । बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उदेश्यले तीन महिने तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो ।

३ सय ९० घण्टे मेकानिक तालिमका सहभागीहरूलाई सिटीइभिटीई लेवल एकको सीप परीक्षण गराउने तथा प्रविधि हस्तान्तरण समेतको व्यवस्था रहेको अर्यालले बताउनुभयो ।

पछिल्लो समय ग्रामीणभेगका मोटरसाइकल मेकानिक अभावमा शहरबजारमै मर्मत गर्न लैजानुपर्ने अवस्था रहेको छ । तालिमले ग्रामीण भेगमै तालिम लिएर आफनै गाउँठाउमा स्वरोजगार बनाउन मद्दत गर्ने उदेश्य घरेलु तथा साना उद्योग कार्यालयले लिएको छ ।

फोटो: अनिल खत्री ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय