प्युठान । प्युठानमा मेसिनको सहायताले धान रोपाइ गरिएको छ। बुधबार प्युठान नगरपालिका-९, मरन्ठानामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्युठानको सहजीकरणमा चैते धान रोपाइँ गर्न मेसिनको प्रयोग गरिएको हो ।
जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले बताउनुभयो । प्युठानमा मेसिनबाट धान रोप्ने कार्य पहिलोपटक हो । उहाँले भन्नुभयो,”मरन्ठानमा पहिलो पटक चैते धान रोपाइ मेसिनबाट गर्न सफल भयौं ।” मेसिनबाट रोपाइँ गर्न पाउदा किसान उत्साहित भएका छन् । परम्परागत रुपमा गरिदै आएको धान खेतीलाई नयाँ प्रविधिसँग जोड्दै बढ्दो मानवीय श्रमको लागतलाई कम गदै समयको बचत गरी उत्पादन वृद्धिमा जोड दिने उद्देश्यले मेसिन प्रयोग गरिएको गिरीले बताउनुभयो ।
मेसिनबाट प्रतिघण्टा ५ रोपनी क्षेत्रफलमा धान रोप्न सकिने कार्यालयले जनाएको छ । कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्थामा किसानलाइ कृषिमा ब्यवसायीक बनाउन यस्ता आधुनिक कृषि उपकरणको प्रयोगमा जोड दिने गरिएको कार्यालका प्रमुख गिरीले बताउनु भयो । यान्त्रिकरणको प्रयोगले कृषिमा कम लागतमा बढी उव्जनी दिन सक्नेगरी काम भैरहेको कार्यालयले जनाएको छ । किसानलाइ कृषिमा टिकाइराख्न र आत्मनिर्भर बनाउन यन्त्र उपकरण अनुदानमा उपलब्ध गराउने गरिएको कार्यालयका गिरीले बताउनुभयो ।
प्यूठान नगरपालिका ९ मरन्ठानाका स्थानीय शिब बहादुर केसीको खेतमा मेसिनबाट धान रोपेर परीक्षण गरिएको थियो । मेसिनको प्रयोगबाट धान रोप्न कृषकहरूलाई सहज हुने कृषक शिब बहादुर केसीले बताउनुभयो । जिल्लामा ६५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । यस बर्ष ३५ सय रोपनीमा चैते धान खेती गरिने कार्यालयले जनाएको छ ।



S.K. Creative Media Group