रोल्पा । ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाँउपालिका-३ बागमारा बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका चालक खिमबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुईखोलीबाट बालुवा लिएर परिवर्तन गाँउपालिका ४ भेरिखर्क तर्फ जाँदै गरेको लु. प. ०२०० त००८९ नम्बरको ट्याक्टर बागमारा बजार नजिकै दुर्घटना भएको हो ।

ट्याक्टरमा चालक घोराही उपमहानगरपालिका-४ कुइरेपानीका २७ वर्षीय सुनार मात्रै रहेका थिए । ट्याक्टर दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय