प्यूठान । सदरमुकाम खलङ्गामा जिल्ला स्तरीय ब्याडमिन्टर प्रतियोगिता सञ्चालन भएको छ । मल्लरानी ब्याडमिन्टन क्लव खलङ्गाको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

मल्लरानी गाउँपालिका–४ खलङ्गा स्थित कवर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा विभिन्न ठाउँबाट ३२ टिम सहभागी भएको क्लवका कोषाध्यक्ष निरन्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धित्तिय पुरस्कार १५ हजार र तृत्तिय पुरस्कार दश हजार रुपियाँ राखिएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्लाका पुराना ब्याडमिन्टन खेलाडी नारायण नकर्मीलाई क्लवले सम्मान समेत गरेको थियो ।

जिल्लामा पछिल्लो समय ब्याडमिन्टन खेल्ने खेलाडी बढ्दै गएका छन् । विशेष गरेर युवा पुस्ता यस खेलप्रति आर्कषित हुँदै गएका हुन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र मल्लरानी गाउँपालिकामा कवर्ड हल समेत रहेका छन । जसले ब्याडमिन्टन खेललाई अघि बढाउन सहयोग गरेको खेलाडीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय