प्यूठान । कहिले गलाभरी माला त कहिले प्रतिस्पर्धीसँग कम्मर मच्चाई मच्चाई नाँचेर चर्चामा आइरहेका एमाले प्यूठानका उम्मेदवार सूर्य थापा फेरी चर्चामा हुनुहुन्छ । विहिवार चुनावी घरदैलो अभियानको क्रममा ऐरावती गाउँपालिका ४ गोल्जामा पुग्नुभएका थापाको फेरी नयाँ तस्विर सार्वजनिक भयो । आफ्नै पारामा डोको बुनेर बसीरहेका बृद्ध मतदाता ६५ वर्षिय होम बहादुर पुनलाइ भेट्न उम्मेदवार थापा पुग्नुभयो ।
छिनभरमा उहाँको सामाजिक सञ्जालबाट डोको बुन्न थालेको तस्विर सर्वत्र भाइरल भयो । यस्तै नयाँ नयाँ तरिकाबाट मतदाताको मन जित्दै थापाले चुनावी अभियानलाई अगाडी बढाइरहनुभएको छ ।
थापाको खरो स्वभावप्रति सामाजिक सञ्जालमा दिनहुँजसो आलोचना भइरहेका बेला मतदातासामु पुग्दा आफूले पाएको अद्भूतपूर्ण स्वागतले आफूलाई उत्साहित बनाएको थापाले प्रतिक्रिया दिए । थापाले आफू सामान्य परिवारमा जन्मेको किसानको छोरा भएकाले मतदाताभन्दा भिन्न नहुने बताउनुभयो ।
सरुमारानी गाउँपालिकाबाट शुरु भएको चुनावी घरदैलो अभियान हालसम्म माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा सम्पन्न भइसकेको छ । विहिवारदेखि थापाको घरदैलो अभियान ऐरावतीमा शुरु भएको छ ।



S.K. Creative Media Group