प्यूठान । ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालिगुराँस स्वावलम्बी महिला समुहमा आवद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समुहका सदस्यलाई बाख्रा उपहार दिएका छन । समुहका सदस्यहरुको आयआर्जन वृद्धि गर्न एउटा समुहले अर्को समुहलाई बाख्रा उपहार दिएका हुन ।

समुहका अध्यक्ष रचना गुरुङले आफ्नो समुहले ३१ वटा बाख्रा उपहार प्रदान गरेको बताउनुभयो । “हेफर आधारशिला अनुसार बहिनी समुहलाई बाख्रा उपहार गरेका हौं,” उहाँले भन्नुभयो,“बहिनी समुहका सदस्यको आयआर्जन बढाउन यस्तो गरिएको हो ।” समुहमा रहेका २८ जना सदस्यले उपहार दिएको उहाँले बताउनुभयो ।

ऐरावती गाउँपालिकामा हेफर परियोजना सञ्चालनमा छ । जस अन्र्तगत पालिकाका ६ वटा वडामा ५२ वटा स्वावलम्बी समुह गठन भएका छन । जसअन्र्तगत पहिलो पटक लालिगुराँस स्वावलम्बी महिला समुहले उपहार प्रदान गरेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो ।

ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले दुई वर्षदेखी पालिकामा हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

पालिकामा कृषि र पशुपालन क्षेत्रको व्यावसायिकरण गर्ने उदेश्यले परियोजना मार्फत करीव पाँच करोड रुपियाँ लगानी गर्ने गरि काम अघि बढेको जानकारी दिनुभयो । पालिकाको प्राथमिकतामा रहेको कृषि र पशुपालन क्षेत्रमा काम भईरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय