ऐरावती । ऐरावती गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । झिबाङ्ग क्रिकेट समुहको आयोजनामा ऐरावती गाउँपालिका वडा नम्बर ५ स्थित ऐरावती खेल मैदान झिबाङ्गमा खेल संचालन हुन लागेको हो ।
जेठ १५ गतेबाट खेल सन्चालन हुने खेल संयोजक मोहन बहादुर बोहराले जानकारी दिनुभयो । स्थानीय युवाहरु मोहन बहादुर बोहरा, भिष्म विक्रम शाह, नरेन्द्र जि सी र सुमन शाहीको सक्रियतामा खेलकुदको आयोजना गरिएको छ ।
खेलकुदले युवाहरुलाई एकरुपता गराउनुका साथै स्वस्थ्य पनि बनाउने हुदा खेल आयोजना गरिएको खेल संयोजक मोहन बोहराले जानकारी दिनुभयो ।
खेलमा प्रथम हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र , द्वितिय हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा सहभागी हुनका लागि यहि जेठ १४ गते साझ ५ बजेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।



S.K. Creative Media Group