प्यूठान । ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता परियोजना अर्न्तगत पालिकाभित्र रहेका समुहलाई ब्याड बोका वितरण गरिएको हो ।
शनिबार एक कार्यक्रमको आयोजना गरि ३० वटा बोका वितरण गरिएको परियोजना संयोजक नेत्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको साझेदारीमा पालिकामा परियोजना लागु भएको उहाँले जानकारी दिनुभयो । पालिकाभित्र रहेका ६ वटा वडामा परियोजना अर्न्तगत ५२ वटा समुहमा कृषि तथा पशुपालनको व्यावसायिकरणमा काम गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ४ वर्षे परियोजनाको तीन वर्ष पुरा हुन लाग्दा राम्रा उपलब्धी देखिन थालेको बताउनुभयो । उहाँले पालिका भित्रका किसानहरुको लागि नै लक्षित गरेर परियोजना सञ्चालन भएकाले यसबाट किसानले बढीभन्दा बढी फाईदा लिन आग्रह गनुृभयो । परियोजना सम्पन्न हुनेबेलासम्म पालिकाबाट अरु पालिका तथा जिल्लामा निकासी गर्ने गरि उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष भरत बहादुर खड्काले परियोजनाले किसानलाई धेरै फाईदा पुगेको बताउनुभयो ।



S.K. Creative Media Group