दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर-अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ११ बजेको समयमा गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थी छोडी फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो । उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृत्यु हुनेमा दंगीशरण–२ बस्ने करिब ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही पालिका–४ बस्ने ६० वर्षीय नारायण भण्डारी रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेहरूको विवरण आउन बाँकी छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय