प्यूठान । नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानको अध्यक्षमा रामचन्द्र बि.क. निर्वाचित हुनुभएको छ । संघको एघारौं वार्षिक साधारण सभा तथा चौथौं अधिवेशन बाट उहाँको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष विरु पन्थी, प्रथम उपाध्यक्ष रिखीराम सुनार, द्वितीय उपाध्यक्ष एकराज बि.क., महासचिव अनिल बि.क., उपमहासचिव रामु सुनार, कोषाध्यक्ष दिपक सुनार (सन्दिप), सह-कोषाध्यक्ष तेज बहादुर सुनार रहनुभएको छ ।
कार्यसमिति सदस्यमा मोहन सुनार, दिपक सुनार, वावुराम सुनार,निरज सुनार र अनिल गहतराज रहनुभएको छ ।




S.K. Creative Media Group