प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको ३५ औं स्थापना दिवसको अवसरमा संघको सचिवालय खलंगामा मेलामिलाप केन्द्र स्थापना गरिएको छ । आईतबार स्थापना दिवसको अवसरमा जिल्ला न्यायधिस हिरण्य प्रसाद भण्डारीले मेलमिलाप केन्द्रको उद्घाटन गर्नभएको हो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका भण्डारीले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले मेलमिलापको नीती अनुसार पालिकातह देखि नै मेलमिलापकर्ता राखिएको बताउनुभयो ।
सर्वोच्च अदालत अर्न्तगत मेलमिलाप परिषद मातहत रहने गरि मेलमिलाप केन्द्र स्थापना गरिएको संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो । यस मेल मिलाप केन्द्रले धेरे व्यवसायीले भोग्दै आएका आर्थिक समस्या कम गर्न सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।



S.K. Creative Media Group