प्यूठान । ऐरावती गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रमको अनुगमन सम्पन्न भएको छ ।

परियोजना अर्न्तगत ऐरावती गाउँपालिका वडा नम्वर ३ दारिमपाटामा तरकारी खेतीको परियोजना अनुगमन तथा समन्वय समितिले आज स्थलगत अनुगमन गरेको हो ।

अनुगमनमा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ सहित विभिन्न वडाका वडा अध्यक्ष, कृषि तथा पशु सेवा शाखाका प्राविधिक टोली पुगेको थियो ।

स्थानीयले शुरुवात गरेको व्यावसायिक तरकारी खेतीमा देखिएको रोगकिराको उपचार तथा समस्या समाधान गर्ने उपाए समेत कृषि प्राविधिकले सुझाएका थिए । समुहका सदस्यले आफूले उत्पादन गरेको कृषि उपजको सहज रुपमा बजारीकरण गरिदिन आग्रह गरेका थिए ।

गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले गाउँपालिकाले त्यस विषयमा सोंच बनाइराखेको र सहकारी मार्फत पालिकामा उत्पादन भएका कृषि उपजको व्यवस्थित बजारीकरण गर्ने योजनामा रहेको बताउनुभयो । ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको साझेदारीमा गाउँपालिकामा परियोजना लागु भएको छ । परियोजनाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय