प्यूठान । सुनचाँदी व्यवसायमा सरकारले लगाएको करको बिरोधमा ब्यबसायीले गरेको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघए ऐक्यबद्वता जनाएको छ ।
आन्दोलनमा ऐक्यबद्वता जनाउदै राजश्व संकलनको नाममा व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी लिईएको नीति प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘प्यूठान जिल्ला तथा देशका सवै सुनचाँदी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरी शान्तिपूर्ण आन्दोलनमा रहेको हुँदा सुनचाँदी व्यवसायीहरुको जायज मागहरुलाई सम्बोधन गरी वार्ता र संवादको माध्यमबाट सवै व्यवसायीहरुलाई आफ्नो व्यवसाय निर्वाधरुपमा संचालन गर्ने र गराउने वातावरण सृजना गर्न नेपाल सरकार सँग प्यूठान उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।




S.K. Creative Media Group