प्यूठान । मल्लरानी बजार क्षेत्रका व्यवसायीलाई करदाता शिक्षा कार्यक्रम गरिएको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजना, मल्लरानी गाउँपालिकाको सहयोग तथा मल्लरानी बजार क्षेत्रको सहजीकरणमा कार्यक्रम गरिएको हो ।
शुक्रबार मल्लरानी बजार क्षेत्रको चुँजाठाटीमा र शनिबार प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरिएको हो । व्यवसायीलाई आयकर, मुल्य अभिवृद्धि कर, अन्तः शुल्क, कर प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो ।
संघका अध्यक्ष सन्देश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, विशेष अतिथी उपाध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मनि बहादुर गुरुङ, मल्लरानी गाउँपालिकाका राजस्व शाखा प्रमुख प्रकाश ओली, करदाता सेवा कार्यालयका निमित्त प्रमुख हेतुराम पुन, स्वतन्त्र लेखा परिक्षक थम्मन अधिकारीले प्रशिक्षण दिएका थिए ।




S.K. Creative Media Group